अमेरिकाको षडक पनि मेरोलागी पाठशाला हो ।
सर्लाही जील्लाको सिमरा गाँउमा मेरो जन्म भएको थियो । पीताजी नेपाल प्रहरिमा हवल्दार हुनुहुन्थ्यो । खाँटी मध्यमवर्गीय परिवार थियो हाम्रो । मेरो बाल्यकाल पनि सामान्य नै थियो । यद्यपी म अरुभन्दा जीज्ञासु स्वभावको भएकोले परिवार बाहिरका मानिसहरुले पनि माया गथ्र्यो ।
मैले प्रारम्भिक शिक्षा अनौपचारिक रुपमा मेरो काका कवि शडानन्द झाबाट पाएको थिए । उहाँ आँखाले देख्नसक्नु हुन्थेन । तर ज्ञानको महासागर हुनुहुन्थ्यो । कतै जान परे प्रायः मलाई संगै लिएर जानुहुन्थ्यो । र, बाटोमा रामायण, माहाभारत तथा वेद पुराणका कुराहरु लगायत विश्वको घटनाहरुबारे सिकाउनुहुन्थ्यो । वहाँ मार्फत नै मैले जिवनको उदेश्य तथा मार्गदर्शन पाएको थिए । म ६ वर्षको भएपछि गाँउमा गुच्चा खेल्न गएर छोरो बिग्रीन्छ कि भनेर बुवाले आफुसँग राखेर औपचारिक शिक्षाको लागि वहाँ कार्यरत ठाँउ सर्लाही जील्लाकै बरहथवा लग्नुभो ।
कवि काका भन्नु हुन्थ्यो – ईमान्दारिपुर्वक चिताएको लक्ष्य पाउन निरन्तर परिश्रम गर्दै जानुपर्छ । परिणामको जीम्मा ईश्वरमाथी छोडिदिनुपर्छ । काग र कोईली दुईटैको रङ्ग एउटै छ तर प्रतिभाको आधारमा कोईली सबैको प्रीय छ । त्यसैले मेहनत गर र प्रतिभा हाँसिल गर । हेर त म अन्धो छु तैपनि ज्ञान आर्जन गर्न मलाई यसले रोकेन । त्यसैगरि एकचोटी हाम्रो गाँउमा एउटा अमेरिकन आएको थियो रे । उ धनी छ कि गरिब छ त्यो कसैलाई थाहा थिएन तर अमेरिकन भएकोले सबैले उसलाई सम्मान गथ्र्यो । त्यसैले तिमी जहाँ गएपनि सिप सिक्न र ज्ञान आर्जन गर्न छोड्नु हुँदैन । तिमीले राम्रो गरे सबैको नाम र ईज्जत हुन्छ । यो वाक्यले मलाई जहिलेपनि प्रेरित गरिरह्यो । यो कुराले मेरो मानसपटलमा गहिरो छाप छोडेको थियो । त्यतीबेला देखी नै अमेरिका गएर पढ्ने ईच्छा जागेको थियो । तर चिताएकै भरमा त्यो सम्भव थिएन । परिवारबाट पाएको निरन्तर हौसला र मलाई पढाउनु हुने शिक्षकहरुको आशिर्वादले मलाई मेहनत गर्न उत्प्रेरित गरिरह्यो । वहाँहरुकै प्रेरणा अनुशार मैले परिश्रम गर्दैगए – हरेक सिढिहरु एकएक गरि पार गर्दै गए र ईश्वरको कृपाले मलाई यो लक्ष्यसम्म डोर्याएर ल्यायो ।
अमेरिका गएर विज्ञता हाँसिल गर्नु मेरो सानैदेखिको सपना थियो । पुल्चोक क्याम्पसबाट ईन्जीनियरिङमा स्नातक गरेपछी अमेरिकालाई गन्तब्यको रुपमा रोज्दा नै सफलताको पहिलो खुड्किलो चढे जस्तो लाग्छ । अमेरिका आईसकेपछी पनि सुरुको ५वर्षसम्म संघर्ष गर्नुपरेको थियो । त्यसैले कामगर्दै लगातार ५ वर्षसम्म अध्ययन गरे । कष्टकर थियो जीवन तर मैले लक्ष्यसम्म पुग्न अरु विकल्प देखिन । आत्मनिर्भर भएर काम गर्न तथा पढ्न मलाई अमेरिकाले सिकाएको हो । त्यसैले अमेरिकाको षडक पनि मेरोलागी पाठशाला हो ।
COSCO को नाममात्र सुनेको थिए । नेपालबाट हालसम्म कसैले पनि यो प्रमाणपत्र प्राप्त गरेको छैन भनी थाहा पाएपछि मैले गर्नुपर्छ भन्ने ईच्छा जाग्यो । पास भईएला कि नभईएला थाहा थिएन तर मेहनत र ईश्वरको कृपाको जीत भयो । भनिन्छ नि – परिश्रम गर्नेको साथ परमात्माले पनि दिन्छन् । परिश्रमका साथै मलाई पढाउनुहुने गुरुहरु तथा परिवारलाई मेरो सफलताको श्रेय दिन्छु ।
सुचना प्रविधिमा अझैपनि नेपाल बामे सर्दै छ । व्यत्तिगत स्तरबाट यो प्रणालि स्थापना गर्न सकिने सम्भावना न्युन छ । नेपाल सरकारको तर्फबाट नै ठोस योजना सहित आवस्यक बजेटको व्यवस्था भए दक्षहरुको एउटा टोली नै गठन गरि गृहकार्य गर्ने हो भने सम्भव छ । र, नेपालकोलागि यो निकै फलदायी पनि हुनेछ । नेपालमा विज्ञको अभाव मात्र नभई सुचना प्रविधिको विकासको विषयमा सरकारको ध्यान अझैपनि पुगेको देखिदैन । नत्र सुचना प्रविधि जनशक्ति उत्पादन मात्र नभई हरेक दृष्टिकोणले विश्वशक्ति बन्ने प्रतिसपर्धामा रहेको भारत र चिनको बिचमा अवस्थीत नेपालले निकै लाभ लिनसक्थ्यो । तर यसकोलागि विभिन्न देशसँग सहकार्य तथा राजनितिक अवरोध रहित वातावरण आवस्यक छ ।
विश्वको जुनसुकै कुनामा बसेर सपना देखे पनि कडा परिश्रम नगरि सफलता हात पार्न सकिदैन । सहि गन्तब्य रोजेर निरन्तर अभ्यास गर्नु एउटा मात्र बाटो हो । यहाँसम्मको भोगाई तथा अवसरहरुको सम्पुर्ण विवरण सहित एउटा किताब प्रकाशित गर्दैछु । यसै वर्षको अन्त्यमा आउने उत्त किताब मार्फत मेरो यात्राबारे थप प्रकास पार्नुकासाथै मेरो भावी योजनाहरु पनि सार्वजनिक गर्नेछु !